July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

दर्दनाक दृश्य : काबुल एयरपोर्टमा सैन्य विमान उड्न लाग्दै थियो, मानिसहरु झुण्डिरहेका थिए

तालिवानले अफगानिस्तान नियन्त्रणमा लिएपछि अन्य देशमा जाने एक मात्र विमानस्थल काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सोमबारको एउटा दृश्य सामाजिक सन्जालमा भाइरल भइरहेको छ।

Advertisement

अमेरिकी सैन्य विमान उड्ने तयारी गरिरहँदा सयौँ अफगानीहरु विमानको अघि पछि दौडिरहेको भिडियोमा देखिन्छ। विमान कुदिरहेका बेला केही मानिसहरु विभिन्न ठाउँबाट चढ्ने प्रयास गरिरहेको पनि देखिन्छ।  समाचारहरुमा जनाइएअनुसार यसरी उड्न लागेको विमानबाट खसेर कम्तीमा दुई जनाको मृत्यु भएको छ।

Advertisement

बेलायती समाचार संस्था बिबिसीले यसको स्वतन्त्र पुष्टि भने हुन नसकेको जनाएको छ। त्यसअघि सोमबार बिहान पनि विमानस्थलमा कम्तीमा तीन जनाको मृत्यु भएको थियो। अमेरिकी सेनाले विमानस्थलमा फायरसमेत खोलेका थिए। तर उनीहरुको मृत्यु गोली लागेर या भागदौडका क्रममा भएको भन्ने स्पष्ट हुन नसकेको बिबिसीले जनाएको छ।

तालिवानले सत्ता हातमा लिने तयारी गरिरहँदा हजारौँ अफगानिहरु अन्य देशमा आश्रय लिन काबुल विमानस्थलमा जम्मा भएका छन्।