March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

जेसीजद्वारा भैरहवामा उत्प्रेरणा तालिम

भैरहवा – जेसीज सप्ताह–२०२१ मनाइरहेको जेसीआई सिद्धार्थ, नेपालले शनिबार भैरहवामा उत्प्रेरणा तालिम सम्पन्न गरेको छ । ‘जीवनलाई कसरी राम्रो बनाउन सकिन्छ’ भन्ने विषयमा सहभागीहरुलाई उत्प्रेरणात्मक तालिम दिइएको थियो ।

Advertisement

नेपाल जेसीजका प्रशिक्षक रमेश अर्यालले जेसीज सदस्यहरुलाई उक्त तालिम प्रदान गरेका हुन् । आफ्नो जीवनलाई राम्रोसँग बुझ्न सके त्यसले जीवनमा परिवर्तन ल्याउने अर्यालले बताए । ‘तपाईं क्षमतावान, योग्य हुनका लागि अध्ययन, लगनशीलता, विषवस्तु छनौटमा ध्यान दिनुपर्छ’, उनले भने, ‘यसले व्यक्तित्व विकाससँगै समाजसेवाको भावना जागृत गर्छ । जेसीज मनहरु समाजप्रति उत्तरदायी हुनुपर्छ ।’

Advertisement

जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षता, जेसीआई सिद्धार्थ, नेपाल वर्ष १९९२ का अध्यक्ष सिनेटर डा.शम्भुकुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको उत्प्रेरणा तालिमको स्वागत कार्यक्रम संयोजक ऋषिराम पाण्डे र संचालन पंकज उदास तथा आस्था पाठ सुमेरबिक्रम खाँणले गरेका थिए ।

कार्यक्रममा जेसीआई सिद्धार्थ नेपालका निवर्तमान अध्यक्ष, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, मानार्थ सदस्यहरु, बोर्डका पदाधिकारीहरु, साधारण सदस्यहरु, पर्यवेक्षक सदस्यहरु, सिद्धार्थ लेडी जेसीजका पूर्व अध्यक्षहरु, बोर्डका सदस्यहरु लगायत ५० जना भन्दा बढीको सहभागिता रहेको महासचिव सागर पोखरेलले जानकारी दिए । जेसीज सप्ताहअन्तर्गत आइतबार पत्रकार र जेसीज सदस्यहरुबीच मैत्रीपूर्ण फुटसल हुँदैछ ।