लुम्बिनीमा प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन आह्वान


भैरहवा– लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि आह्वान गरेसँगै प्रक्रिया सुरु भएको हो ।
बुधबार (आज) सूचना जारी गर्दै २४ घण्टा भित्र सरकार गठनका लागि दलहरुलाई आह्वान गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तीमा बिहीबार दिउँसो ३ बजेभित्र दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गर्न दलहरुलाई आग्रह गरिएको छ ।








प्रतिकृया दिनुहोस्