March 18, 2025, Tuesday
२०८१ चैत्र ५

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

आज दिउँसो मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलले मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्रीको राजीनामा स्वीकृत भएको जनाएको छ । त्यस्तै, अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले नै कार्यभार बहन गर्ने विज्ञप्तीमा उल्लेख छ ।