January 23, 2025, Thursday
२०८१ माघ १०

अविश्वासको प्रस्तावमाथि छलफल गर्न विपक्षीद्वारा विशेष अधिवेशन माग

भैरहवा– लुम्बिनी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका विपक्षी दलले प्रदेशसभाको विशेष अधिवेशन माग गरेका छन् ।

मंगलबार प्रदेश प्रमुख अमिक शेरचनलाई भेटी उनीहरुले विशेष अधिवेशनका लागि निवेदन दिएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री पोखरेललाई प्रदेशसभाको समर्थन नरहेको भन्दै अविश्वास प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष माग गरेका हुन् ।

विपक्षीले मंगलबार नै प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराइसकेका छन् । ३४ सांसदले हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।