इन्टेलेक्च्युअल विद्यालयमा भर्चुअल कविता प्रतियोगिता


बुटवल– यहाँको इन्टलेक्चुअल एकेडेमी विद्यालयमा भर्चुअल कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मित्रजन भण्डारीको संयोजकत्वमा भएको कार्यक्रममा बिद्यार्थीहरुलाइ प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह गरि तीन भागमा बिभाजन गरी प्रतियोगिता गरिएको थियो ।
बुटवल–११, कालिकानगरमा रहेको उक्त विद्यालयले छनोट चरण बिहीवार र फाइनल चरण शुक्रबार गरि दुई चरणमा सम्पन्न गरेको थियो ।
बिहीवार भएको छनोट चरणमा १ सय ५० बिद्यार्थीहरुले भाग लिएका थिए । जसमध्येबाट माध्यमिक तहमा ३०, निम्नमाध्यमिक तहमा २० र प्राथमिक तहमा २० जना विद्यार्थी फाइनल चरण प्रवेश गरेका थिए ।
यो चरणमा प्रवेश गरेका विद्यार्थीहरुले भर्चुअल माध्यमबाट शुक्रबार भएको फाइनलमा आफ्नो कविता वाचन गरेका थिए ।माध्यमिक तहबाट फाइनलमा कक्षा ९ की शुशिला पान्डे प्रथम, १० का शौरभ खनाल द्वितिय, दशकै रिना रिजाल तृतीय र कक्षा ९ का वर्षा पोख्रेल तथा कक्षा ८ का निश्चल पान्डे सान्त्वना भएका छन् ।
निम्नमाध्यमिक तहमा क्रमशः प्रथम बिनय पोख्रेल (६), द्वितीय सुजल पौडेल (७) र आशिका पोख्रेल (५), तृतीय मन्दिपा पन्थी (५) र इप्सा गौतम (६) भएका छन् । यस्तै, प्राथमिक तहमा प्रथम कृतिका पौडेल (४), द्वितीय शैली देबकोटा (३) र तृतीय दीक्षा भट्टराई (२) भएका छन् ।
यस्तै, विद्यालयले पूर्व प्राथमिक तहका बिद्यार्थीहरुको रयाम्स प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मित्रजन भन्डारिले भर्चुअल माध्यमबाट भए पनि अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने बताए । माध्यमिक तहमा तुल्सिराम खाम्चा, निम्नमाध्यमिक तहमा बिकास पान्डे र प्राथमिक तहमा जिना खड्कीले कार्यक्रम संचालन गरेकी थिइन् ।
निर्णायकको भूमिका शोभा देबकोटा, राजु कुँवर, मन्जु गौतम र सुस्मा देबकोटाले थिए । कार्यक्रममा बिजयी बिद्यार्थीहरुलाइ विद्यालयले पुरस्कृत गर्ने जनाएको छ ।








प्रतिकृया दिनुहोस्