April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

खोपको व्यवस्था गर्न उद्योगी-व्यवसायीको आग्रह

तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा चेम्बर अफ कमर्शले उद्योगी, व्यवसायी एवं श्रमिकहरुलाई खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

Advertisement

तिलोत्तमा चेम्वर अफ कमर्शका अध्यक्ष बाबुलाल भुसालको एक टोलीले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसँग भेट गरी उद्योगी, व्यवसायीहरु एवं श्रमिकहरुलाई खोप लगाउने व्यवस्था मिलाउन आग्रह गर्दै पत्र बुझाएको हो ।

Advertisement

निषेधाज्ञा चलिरहेको अवस्थामा चेम्बरले विभिन्न सहयोग गर्दै आएको समेत अध्यक्ष भुसालले जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी तामाङले चेम्बरले गरेको असल कार्यहरुप्रति धन्यवाद दिँदै सम्पूर्ण उद्योगी व्यवसायी एवं श्रमिकहरुलाई छिटो भन्दा छिटो खोप लगाउने व्यवस्था मिलाउने आश्वासन दिएको संघका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी गराए ।