April 23, 2025, Wednesday
२०८२ बैशाख १०

थप १८०१ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ८०१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभर २३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोना भाइस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ५० पुगेको छ।

Advertisement

देशभर हाल २५ हजार ४८५ जना सक्रिय संक्रमित छन्। आइतबार १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६२८ पीसीआर तथा ३ हजार एन्टिजेन परीक्षण गरिएको छ।