March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

पश्चिम युरोपमा भीषण बाढी आउँदा कम्तीमा १२० जनाको मृत्यु

पश्चिमी युरोपमा पछिल्लो केही दशक यताकै भीषण बाढीका कारण कम्तीमा १२० जनाको ज्यान गएको छ । अरु सय भन्दा धेरै बेपत्ता रहेका छन् ।

Advertisement

भारी वर्षाका कारण नदीहरुमा पानीको सतह बढि तटीय क्षेत्रहरुमा गम्भीर बाढी आएको हो ।

Advertisement

बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएको जर्मनीमा ज्यान गुमाउनेको संख्या १०० भन्दा बढि रहेको छ । चान्सलर एङ्गेला मर्केलले जलवायु परिवर्तनसँगको जुध्नका लागि ठोस कदम चाल्नु पर्ने बताएकी छन् ।

यस्तै बेल्जियममा बाढीका कारण कम्तीमा २० जनाको ज्यान गएको छ । नेदरल्याण्ड्स, लग्जेम्बर्ग र स्वीट्जरल्याण्डमा पनि बाढीले जनजीवन प्रभावित गरेको छ ।

बाढी आउनुका विभिन्न कारण रहे पनि जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यसलाई गम्भीर र बिनासकारी बनाएको छ ।

औद्योगिक युग सुरु भएयता विश्वको तापक्रम १.२ डिग्री सेल्सियस बढिसकेको छ । कार्बन उत्सर्जन ठूलो मात्रामा कटौति नगरेमा तापक्रम बढ्दै जाने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।