October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

थपिए २९३६ संक्रमित, ४३ जनाको मृत्यु

नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार देशभर ४३ जना संक्रमितको मृत्यु भएको छ।यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६ पुगेको छ।

देशभर हालसम्म २६ हजार ८२७ जना सक्रिय संक्रमित छन् भने शुक्रबार १ हजार ७ सय ७५ संक्रमणमुक्त भएका छन्।गत चौबीस घण्टामा ९ हजार ६ सय १३ जनाको पीसीआर तथा ४ हजार ५ सय ६९ जनाको एन्टिजेन परीक्षण भएको छ।