October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन सरकारको सिफारिस

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले बिहीबार सर्वोच्च अदालतले ब्युँत्याएको प्रतिनिधिसभाको बैठक साउन ३ गतेका लागि बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

साउन ३ गते आइतबार ४ बजेका लागि संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो।

सर्वोच्च अदालतले एक साताभित्र संसद बैठक बोलाउन आदेश दिएको थियो।

संसदमा आफ्नो पक्षमा बहुमत साबित गर्न प्रधानमन्त्री देउवा माधव नेपाल र उपेन्द्र यादव पक्षसँग निरन्तर छलफलमा छन्।