April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

जाँदाजाँदै पालो मिचेर सचिवमा बढुवा

केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै पालो मिचेर एक जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ । तीनपटकसम्म बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरिएका एक व्यक्तिलाई बढुवा नगरेर दोस्रो नम्बरमा सिफारिस गरिएका अर्का व्यक्तिलाई ओली सरकारले बढुवा र पदस्थापन सँगसँगै गरेको छ । 

गत सोमबार बसेको ओली सरकारको अन्तिम मन्त्रिपरिषद्को बैठकले सचिव बढुवाका लागि दोस्रो नम्बरमा सिफारिस गरिएका इन्जिनियरिङ सेवातर्फका वरिष्ठ सहसचिव राजेन्द्रप्रसाद खनाललाई सचिव पदमा बढुवा गरेको छ । 

यो समाचार आजको नागरिक दैनिकमा छ । 

Advertisement