जिल्लाभर सदस्यता नवीकरण अभियानमा एमाले रुपन्देही


बुटवल– नेकपा एमालेले रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा संगठित सदस्यता नवीकरणका लागि पार्टी परिचालन अभियान चलाएको छ ।
पार्टीका केन्द्रीय सदस्य दधिराम न्यौपानेको नेतृत्वमा एमाले रुपन्देहीले संगठित सदस्यता नवीकरणका लागि अभियान सञ्चालन गरेको हो । सोही क्रममा एमालेले पाँचवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय भेला सम्पन्न गरेको छ ।
क्षेत्र नम्बर १ को धकधई, २ को बुटवल, क्षेत्र नम्बर ३ को भैरहवा पार्टी कार्यालय, ४ को मर्चवार र क्षेत्र नम्बर ५ को सैनामैना, गैंडहवा, कन्चन र लुम्बिनीमा अलग–अलग भेला सम्पन्न गरिएको एमाले रुपन्देहीका सहसंयोजक तेजेन्द्र केसीले जानकारी दिए ।
भेलाहरुमा पार्टी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला सह–इन्चार्ज एकराज बिश्वकर्मा, जिल्ला संयोजक शिवराज सुवेदी, सह–संयोजक केसी, जिल्ला सचिव अनुप बराल, जिल्ला सचिवालय सदस्य यज्ञ गैरे, नेताहरु हितराज पन्थी, नरबहादुर थापा, रामचन्द्र यादव लगायतले मुलुकको विद्यमान समसामयिक राजनीतिक अवस्थाका बारेमा चर्चा गर्दै पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै सबै निर्वाचन क्षेत्रहरुमा क्षेत्रीय कमिटी संयोजकहरुको अध्यक्षतामा बसेको बैठकले संगठित सदस्यता साउन ६ गतेसम्म नवीकरण गर्ने, पार्टीका वडा भेलाहरुको आयोजना गर्ने र विकास निर्माणका कामको निगरानी गर्ने निर्णय पनि गरेको छ ।
बैठकले सदस्यता नवीकरणका लागि आम कार्यकर्ता पंक्तिलाई आह्वान गरेको पार्टीका जिल्ला सहसंयोजक केसीले जानकारी दिए । साथै बुटवल उपमहानगरपालिका वडा नम्बर १३ को क्यालेन्डर मंगलबार विमोचन गरिएको केसीले बताए ।
प्रतिकृया दिनुहोस्