May 12, 2025, Monday
२०८२ बैशाख २९

नेपाललाई जापानले एस्ट्राजेनिकाको १६ लाख डोज खोप दिने

जापान सरकारले नेपाललाई एस्ट्राजेनिकाको १६ लाख डोज खोप दिने भएको छ।

कोभ्याक्स कार्यक्रमअन्तर्गत जापानले उक्त सहयोग गर्न लागेको हो। एसियाली मुलुकहरुलाई उपलब्ध गराइने भनिएको एक करोड १० लाख डोजअन्तर्गत नेपाललाई उक्त मात्रामा उपलब्ध हुने जापान सरकारले जनाएको छ।

उक्त खोप जापानले नेपाललाई जुलाईको मध्यदेखि एक महिनाभित्र उपलब्ध गराउने छ। एस्ट्राजेनिका खोप कोभिशिल्डको पहिलो डोज लगाएकाले दोस्रो डोजका रुपमा प्रयोग गर्न मिल्न‍े छ।