October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

जनताको जनादेशले नभई सर्वोच्चको परमादेशले बिदा हुँदैछुः ओली

भैरहवा– प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र आफ्ना लागि जीवन भएको बताएका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राज्यका अंगको निश्पक्षतामा समेत प्रश्न उठाएका छन् । ओलीले सर्वोच्च अदालतको पछिल्लो फैसला गलत भएको टिप्पणीसमेत गरेका छन् ।

उनले जनतामाथी आफ्नो अटल विश्वास रहेको बताए । जनताको जनादेशले नभई सर्वोच्चको परमादेशले सरकारको जिम्मेवारीबाट बिदा लिइरहेको बताए ।