July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

देउवाले गरे फैसलाको स्वागत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन्।

Advertisement

सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको उनको भनाइ छ। आजको फैसलाले न्यायापालिकाप्रतिको आस्था र विश्वास थप बढेको उनले बताए।

Advertisement

‘यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छ भने स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको छ,’ देउवाले भनेका छन्।

सर्वोच्चको फैसलाले देश र जनताको हितमा समर्पित भएर काम गर्न थप जिम्मेवार बनाएको देउवाको भनाइ छ। फैसलालाई कसैको हार र जीतको विषय नबनाइ देशको हितमा लाग्नपर्ने उनले बताएका छन्।

उनी भन्छन्, ‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ। कसैले पनि यसलाई व्यक्तिगत जीत हारको विषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु।’