देउवाले गरे फैसलाको स्वागत


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन्।
सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको उनको भनाइ छ। आजको फैसलाले न्यायापालिकाप्रतिको आस्था र विश्वास थप बढेको उनले बताए।
‘यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको छ भने स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको छ,’ देउवाले भनेका छन्।
सर्वोच्चको फैसलाले देश र जनताको हितमा समर्पित भएर काम गर्न थप जिम्मेवार बनाएको देउवाको भनाइ छ। फैसलालाई कसैको हार र जीतको विषय नबनाइ देशको हितमा लाग्नपर्ने उनले बताएका छन्।
उनी भन्छन्, ‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ। कसैले पनि यसलाई व्यक्तिगत जीत हारको विषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु।’
प्रतिकृया दिनुहोस्