July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

आजको सर्वोच्चको फैसलालाई इतिहासले सम्मान गरिरहनेछ : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन्।

Advertisement

अध्यक्ष प्रचण्डले सर्वोच्चको फैसलाबाट जनताको जित भएको प्रतिक्रिया दिएका छन्। अदालतको आजको फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको उनको भनाइ छन्।

Advertisement

उनले भने, ‘सम्माननीय प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरुलाई हार्दिक बधाई तथा धन्यवाद पनि भन्न चाहन्छु। उहाँहरुले संविधान र राष्ट्रको गरिमालाई उँचो बनाउनुभयो र न्यायालयको गरिमामयलाई पनि उँचो बनाउनुभयो। यसको लागि उहाँहरु बधाईको पात्र हुनुहुन्छ।’

संविधानमाथि पटक–पटक भएको प्रहारबाट आजित भएका नेपाली जनताको जीत भएको उनले बताए।

उनले भने, ‘पटक–पटकको संसद विघटन र पटक–पटक संविधानमाथि भएको प्रहारबाट आम नेपाली जनता पनि आजित भएको स्थिति थियो। त्यसकारण यो आम नेपाली जनताको जीतको रुपमा अगाडि आएको मैले देखेको छु। यो इतिहासमै एउटा महत्वपूर्ण परिघटनाका रुपमा भएको छ। इतिहासले यसलाई सम्मान गरिराख्नेछ।’