नेपालले भने– न्यायालयप्रति आभारी छु


एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतबाट दोस्रो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापित भएकोमा सर्वोच्च अदालत (न्यायलय)प्रति आभार व्यक्त गरेका छन्।
सर्वोच्चले नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ गते विघटन गरेको संसद सोमबार ब्यूँताउने निर्णय गरेको थियो। त्यसलगत्तै उनले देशसञ्चारसँग भने,‘ म अदालतलाई धन्यवाद दिन चाहन्छु। सर्वोच्चबाट संविधान र लोकतज्त्रको रक्षा गर्ने काम भएको छ।’
यो सँगै उनले सर्वोच्चले आफ्नो फैसलामा संविधानको राम्रो व्याख्या गरेको छ भन्नेमा आफू विश्वस्त रहेको बताए। उनले भने, ‘सर्वोच्चबाट संविधानमा भएका कतिपय अस्पष्टताबारे पनि स्पष्ट पार्ने काम भएको छ भन्ने मलाई लागेको छ।’
यो फैसलाका कारण सर्वोच्चको गरिमा र मर्यादा माथि उठेको उनले बताए। साथै अब सबै नेपालीले कानुनी राज्यको अनुभुति गर्ने मौका पाएको उनको भनाई छ। पार्टी विवादका सम्बन्धमा भने अहिले बोल्ने बेला नभएको भन्दै उनले टारे।








प्रतिकृया दिनुहोस्