January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

चट्याङ्ग लागेर उत्तर प्रदेशमा २८ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा चट्याङ्ग लागेर एकैदिन २८ जनाको मृत्यु भएको छ। सबै भन्दा धेरै प्रयागराजमा १३ जनाको मृत्यु भएको छ।

Advertisement

भारी वर्षासँगै परेको चट्याङ लागेर उत्तर प्रदेशका अलग–अलग स्थानमा २८ जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ।

चट्याङ्ग लागेर कतिपय मानिसहरु गम्भीर घाइते भएका छन् भने दर्जनौँ चौपायाहरु पनि मरेका छन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतक परिवारलाई जनही चार/चार लाख रकम सहयोग गर्ने घोषणा गरेका छन्।

प्रयागराजका अलावा कानपुर, फिरोजावाद, कौशाबीमा तथा मिर्जापुरमा चट्याङका कारण मानिसहरुकाे मृत्यु भएको हाे।

मानवीय क्षतिको थप विवरण संकलनकै क्रममा रहेको स्थानीय अधिकारीहरुले बताएका समाचारमा उल्लेख छ।