November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

नमस्ते एकेडेमी अब ब्रिटिस कलेजको व्यवस्थापनमा सञ्चालन हुने

भैरहवा– लुम्बिनी प्रदेशको रुपन्देहीको तिलोत्तमास्थित नमस्ते एकेडेमीको व्यवस्थापन काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी) ले गर्ने भएको छ।

Advertisement

सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिस एजुकेसन ग्रुप’ले नमस्ते एकेडेमीलाई पनि व्यवस्थापन गर्न लागेको हो।

Advertisement

स्थापनाकालदेखि नै अग्रगामी ग्लोबल कलेजका रूपमा खडा भएको टीबीसीले व्यवस्थापनको साझेदारी गरेसँगै नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रियस्तरको हुने दाबी गरिएको छ।

कलेजका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलले नमस्ते एकेडेमी पनि ब्रिटिस एजुकेसन ग्रपमा आएकाले गर्दा आगामी दिनमा अझै राम्रो शिक्षा प्रदान गरिने बताए। टीबीसीमा झण्डै एक दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गरिरहेको व्यवस्थापन टिमको अनुभव नमस्तेको लागि पनि फलदायी हुने कँडेलको विश्वास छ।

नमस्तेको व्यवस्थापन टीबीसीले गर्ने भएपछि जारी शैक्षिक सत्रमा थुप्रै परिवर्तनहरु हुने भएका छन्। लुम्बिनी प्रदेशमा अंग्रेजी भाषाको उत्कृष्ट शैक्षिक संस्था बन्ने लक्ष्य लिएको व्यवस्थापन टिमले शैक्षिक क्रियाकलाप थप उत्कृष्ट बनाउने उद्देश्यले कार्यक्रम थप गरेको हो।

यसका लागि विद्यालयको एकेडेमिक डाइरेक्टरमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ। शैक्षिक व्यवस्थापनमा दख्खल बार्थोलोमउ बेलायती नागरिक हुन्। बेलायतमा धेरै शैक्षिक परियोजनाको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको २० वर्षको अनुभव छ।