January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

थप २९७९ जना कोरोना पुष्टि, २८ जनाको मृत्यु

भैरहवा– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ पीसीआर परीक्षणबाट २ हजार ७७ जना र ४ हजार ६३ एन्टिजेन परीक्षणबाट ९ सय २ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै बुधबार थप १३ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

Advertisement