October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

कोरोनाले बुटवलका वडाध्यक्ष आचार्यको मृत्यु

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिका–१८ का वडाध्यक्ष हुमनाथ आचार्यको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौको ह्याम्स अस्पतालमा उपचाररत आचार्यको मंगलबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

एक हप्ता भन्दा लामो समयदेखि आचार्यको काठमाडौंमा उपचार भइरहेको थियो । उनलाई असार १० गते संक्रमण पुष्टि भएको थियो ।

बुटवलमा उपचारकै क्रममा अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि उनलाई काठमाडौमा लगिएकोमा आचार्यको विहान मृत्यु भएको उपमहानगरपालिकाकी उप–प्रमुख गुमादेवी आचार्यले बताइन् ।

७० वर्षीय वडाध्यक्ष आचार्यको एक पत्नी, दुई छोरा बुहारी र नातिनातिना छन् ।