October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

२३ सयमा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार २९९ जना कोभिड संक्रमित थपिएका छन् । देशभर १० हजार ५९६ वटा नमुनाको परीक्षण गर्दा २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु पुष्टि भएको छ । 

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ । आज ३ हजार ४५१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।