February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

चीनबाट केही दिनमै आउँदै छ १० लाख कोभिड भ्याक्सिन

नेकपा एमाले अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले केही दिनमै चीनबाट खोप आउने जानकारी दिएका छन्। बालुटारमा शुक्रबार भएको आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा उनले केही दिनमै चीनबाट खोप आउन लागेको जानकारी गराएका हुन्।

तर त्यसको विस्तृत जानकारी उनले दिएनन्।

Advertisement

स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीका अनुसार सरकारले खरीद गरेको कम्तिमा १० लाख मात्रा चीनको साइनोफार्म खोप नेपाल ल्याउने तयारी गरेको हो। त्यसका लागि खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने तयारी भएको उनको भनाइ छ।

चीनसँग गरेको प्रतिवद्धता अनुसार यो खोपको मूल्यबारे सरकारी अधिकारीहरुले गोप्य राख्ने प्रयास गरेका छन्। यो खोप खरिद प्रक्रियाले लामो समय लिइसकेको छ। मन्त्रिपरिषद् बैठकले उक्त खोप किन्ने निर्णय यसअघि गरिसकेको छ।