January 25, 2025, Saturday
२०८१ माघ १३

थप २,६३६ जनामा कोरोना, ४,३४८ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २५९ पीसीआर परीक्षण गर्दा १ हजार ७२८ र ४ हजार ४८९ एन्टिजेन परीक्षण गर्दा ९०८ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

यस्तै गत २४ घण्टामा देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३५ हजार ३१० जना सक्रिय संक्रमित रहेका छन्।