देवदहमा पाठेघरको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर


देवदह– रुपन्देहीको देवदहमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । महिलाहरुको पाठेघर क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले रोटरी क्लव अफ बुटवलले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा एक सय ५५ जना महिला सहभागी भएका थिए । उनीहरुलाई महिलासम्बन्धी प्रोल्याप्स र सर्भिकल क्यान्सर स्क्रिनिङ गरिएको थियो । देवदह स्वासथ्यचौकी खैरेनीमा आयोजना गरिएको स्वास्थय शिविरमा देवदह मेडिकल कलेजमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. ज्योती राना, रेडियोलोजिस्ट डा. अन्जान कोइरालाको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।
त्यस्तै एशियन डाइग्नोसिस ल्यावबाट मनिष महतो लगायतको टोलीले प्राविधिक परीक्षण गरेको थियो । चिकित्सकहरुले पाठेघरको क्यान्सरबाट बच्न ध्यान दिनुपर्ने विषयमा बारेमा जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस्