रूपन्देहीमा १९ संक्रमित भपिए, एकको मृत्यु


भैरहवा– रुपन्देहीमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो अवधिमा एक सय ६१ जनाको कोरोना परीक्षण गरिएका थियो ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सोही अवधिमा जिल्लामा एक जनाको मृत्यु भएको छ । पछिल्लोपल्ट जिल्लामा संक्रमित र मृत्युदर पनि घटेको छ ।
पछिल्लोपटक थपिएका संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय ६८ जना पुगेका छ । पछिल्ला दुई सातादेखि कोरोना संक्रमाको दर निरन्तर ओरालो लागिरहेको छ । तर, परीक्षण दायरा घट्दा संक्रमित घटेको जनस्वास्थ्य विज्ञको आरोप छ ।
जिल्लामा हासम्म २७ हजार एक सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ९७ प्रतिशत निको भएका छन् भने दुई प्रतिशतको मृत्यु भएको छ । एक प्रतिशतमात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
प्रतिकृया दिनुहोस्