July 28, 2026, Tuesday
२०८३ श्रावण १२ मंगलवार

थप २,२९७ जनामा कोरोना, ४६ को मृत्यु

नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

सोमबार देशभर ४६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ७ सय ७२ पुगेको छ।

Advertisement

यस्तै गत चौबीस घन्टामा ३ हजार १३० जना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर ५३ हजार ९४० सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ६ हजार ५ सय ८३ पीसीआर तथा ४ हजार ३ सय २१ एन्टिजेन परीक्षण भएको छ।