November 4, 2024, Monday
२०८१ कार्तिक १९

थप २,४४२ मा कोरोना पुष्टि, ५१ जनाको मृत्यु

नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ५१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै गत चौबीस घन्टामा ३ हजार ४५६ जना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर ५५ हजार ५३२ सक्रिय संक्रमित रहेका छन्।

Advertisement

गत चौबीस घन्टामा ६ हजार ६ सय ७७ पीसीआर तथा ४ हजार २ सय ४९ एन्टिजेन परीक्षण भएको छ।

यसैगरी हालसम्म ८७१ जनाको आईसीयु तथा २५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।