January 23, 2025, Thursday
२०८१ माघ १०

कक्षा ११ को प्रवेश परीक्षा तयारीका लागि निःशुल्क ‘मोबाइल एप’

भैरहवा– टेक्नेका टेक्नोलोजिज प्रालिले ‘एसईई’ दिएर बसेका विद्यार्थीहरुलाई कक्षा ११ मा भर्ना हुने प्रवेश परीक्षाको तयारीका लागि ‘टुल नेपाल’ नामक एप (मोवाइल एप्लीकेशन) सञ्चालनमा ल्याएको छ ।

निःशुल्क ‘डाउनलोड’ गर्न सकिने यो ‘एप’मा विद्यार्थीहरुले ‘लगइन’ गरी विभिन्न संकाय (साइन्स, म्यानेजमेन्ट, ल, स्टाफ नर्स, एच.ए. आदि) अन्तर्गतका विषयहरूमा १० हजार भन्दाबढी बस्तुगत बहुबैकल्पिक प्रश्नहरु (एम.सि.क्यु.) को अभ्यास (प्राक्टिस) गरी तयारी गर्न सक्नेछन् ।

Advertisement

प्रश्नहरुको समाधानका लागि ‘हिन्टस्’, ‘सोलुसन’ र ‘नोट’हरू पनि राखिएको हुनाले विद्यार्थीहरुलाई प्रवेश परीक्षाको तयारी गर्न निकै सहज हुनेछ । पुराना वर्षहरुका प्रश्नहरुको संगालो, दैनिक एवं साप्ताहिक रुपमा विभिन्न अनलाइन परीक्षाको सञ्चालन, शैक्षिक सूचना तथा जानकारीहरुका साथै विभिन्न कलेजहरुको विष्तृत विवरणहरूले यो ‘एप’लाई अझ प्रभावकारी बनाएको छ ।

कलेजहरुले चाहेको खण्डमा यसै ‘एप’मार्फत प्रवेश परीक्षा सञ्चालन र विभिन्न सूचनाहरु प्रकाशित गर्न समेत सक्ने सुविधा यसैमा मिलाइएकोले यो बहुउपयोगी छ ।

विद्यमान कोरोना कहरकाबीच विद्यार्थीहरुले यो ‘एप’का मध्ययमबाट प्रविधिको सदुपयोग गर्दै सुरक्षित रुपले घरमै बसेर प्रवेश परीक्षाको सम्पूर्ण तयारी गरेर आफूले चाहेको कलेजमा अध्ययन गर्न सफल हुने विश्वास गरिएको छ ।

लामो अनुसन्धान एवं अथक युवा प्रयासबाट सञ्चालनमा आएको यो उपयोगी ‘मोबाइल एप’ हाल ‘एन्ड्रोइड’ र ‘वेव भर्जन’मा उपलव्ध रहेको र छिट्टै ‘आइओएस’मा पनि उपलब्ध हुने कम्पनीका सञ्चालक प्रवेग शर्माले जानाकारी दिए ।