June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

बाँकेमा उपचाररत चार संक्रमितको मृत्यु

बाँके- कोरोना भाइरस संक्रमणबाट शनिबार राती ७ घण्टाका बीचमा बाँकेका विभिन्न अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको छ ।
डीसीएमसी बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार मध्यराती ११ः२५ बजेबाट बिहान ६ बजेका बीचमा यहाँका तीन अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
ओलीले दिएको जानकारी अनुसार १० गते भेरी अस्पताल भर्ना भएका बाँसगढी ८, बर्दियाका ३९ वर्षीय पुरुषको राती १२ः४५ बजे मृत्यु भएको हहो । यस्तै, जेठ १ गते भेरीमै भर्ना भएका ठाकुरबाबा २, बर्दियाका ५५ वर्षीय पुरुषको बिहान ५ः३० बजे मृत्यु भएको छ । जेठ ७ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका बैजनाथ ३, बाँकेका ३३ वर्षीया महिलाको राती ११ः२५ बजे र ७ गते नै युनाईटेड अस्पताल नेपालगन्ज भर्ना भएका नेपालगन्ज १ की ४५ वर्षीया महिलाको बिहान ६ः०५ बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा उपचारका क्रममा बाँके जिल्ला भित्रका ३ सय २ जना र जिल्ला बाहिरका ३ सय १३ जनाको मृत्यु भएको छ ।

Advertisement