July 26, 2026, Sunday
२०८३ श्रावण १० आईतवार

६,६५३ संक्रमित थपिए, १०१ को मृत्यु

भैरहवा– शुक्रबार देशभर १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ३१ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ६ सय २४ पीसीआर र २ हजार २९ एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो। काठमाडौँ उपत्यकामा १ हजार ३ सय ८४ कोरोना संक्रमित थपिएका छन्।

Advertisement

काठमाडौँमा ८९७ , भक्तपुरमा १८८ र ललितपुरमा २९९ जना संक्रमित थपिएका हुन्। यसैगरी शुक्रबार ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन्।

यसअघि बिहिबार ५ हजार ९ सय ४ जना डिसचार्ज भएका थिए भने बुधबार ७ हजार २ सय १९ जना डिस्चार्ज भएका थिए। गत चौबीस घन्टामा १४ हजार १ सय ८२ पीसीआर तथा ६ हजार ६ सय ३१ एन्टिजेन परीक्षण भएको छ।