April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

मौसम: आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

शका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।

Advertisement

अहिले लुम्बिनी प्रदेशका थोरै भू–भागका साथै देशका पहाडी भू–भागमा आंशिक रहेको छ । बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ ।

प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।