July 25, 2026, Saturday
२०८३ श्रावण १० आईतवार

दाङमा खोलामा डुब्दा बालिकाको मृत्यु

लमही– दाङमा एक बालिकाको खोलामा डुबेर मृत्यु भएको छ । लमही नगरपालिका–७, कमानपुरमा निवासी ५ वर्षीया बालिका इन्दु चौधरीको नुहाउने क्रममा अर्जुनखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान बुवाआमा काममा निस्किएको समयमा इन्दु साथीहरुसँग खोलामा नुहाउन गएकी थिइन् ।

अर्जुन खोलामा साथीहरुसँग नुहाउन गएकी इन्दुको खोलामा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले बताए । मृतक बालिकाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । पोष्टमार्टमपछि शब दाहासंस्कार गरिने जनाइएको छ ।

Advertisement