August 11, 2022, Thursday
२६ श्रावण २०७९, बिहीबार

बाँकेमा थप एक साता निषेधाज्ञा बढाइयो

बाँके– जिल्ला प्रशासन कार्यालय, बाँकेले उपभोग्य बस्तु बिक्री गर्ने पसल खोल्ने समय बढाउदै बाँकेमा पुनः सात दिन निषेधाज्ञा थपेको छ।

Advertisement

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले २४ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिए।

कोभिड–१९ संक्रमण फैलावटको साङ्लो तोड्न र सोको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन भन्दै वैशाख १३ गतेदेखि बाँकेमा निषेधाज्ञा लगाइएको थियो। नेपालगञ्ज क्षेत्रमा वैशाख ९ गतेदेखि नै निषेधाज्ञा लगाइएको थियो।

बाँकेमा कोरोना संक्रमणको दर घट्दै गएको छ। स्थानीय प्रशासनले विहान ९ देखि १२ बजेसम्म उपभोग्य बस्तु बिक्री गर्ने पसललाई खोल्ने अनुमति दिएको छ।