October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

जेठ १९ मा लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन

बुटवल– लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन आगामी जेठ १९ गतेका लागि आह्वान गरिएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले जेठ १९ गते १ बजे प्रदेश सभा बैठक बस्नका लागि प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रदेश वन ऐन सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।