January 13, 2025, Monday
२०८१ माघ १

तिलोत्तमामा ट्राफिक लाइट जडान सुरु

तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ट्राफिक लाइट जडान सुरु गरेको छ । सुरुमा नगरपालिकाले मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरेको छ । यो उपत्याका बाहिर पहिलो ट्राफिक लाइट भएको नगरपालिकाको दावी छ ।

नगरपालिकाले पहिलो चरणमा सबैभन्दा बढी यातायातको चाप हुने क्षेत्र छनौट गरेर लाइट जडान गर्ने जनाएको छ । नगर क्षेत्रभित्र सबैभन्दा बढी चाप हुने मणिग्राम चोकमा लाइट जडान गरि परीक्षण गरिएको हो ।

Advertisement

नगरपालिकाले आफ्नै लागत र प्रयासमा ट्राफिक लाइट जडान गरेको बताएको छ । बेलहिया–बुटवल ब्यापारिक मार्गको अत्याधिक ब्यस्त हुने क्षेत्रहरु छनौट गरी ट्राफिक लाईट जडान गरिने छ । यसका लागि चालु आर्थिक वर्षमा नगरले २० लाख रुपैयाँ बजेट छुट्टयाएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

नगरपालिकाले आवश्यकताको आधारमा ड्राइभर टोल, भलवारी र कोटिहवा लगायतका क्षेत्रमा पनि लाइट जडान गर्ने जनाएको छ ।