December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

घर भत्किँदा प्यूठानमा तीनको मृत्यु

प्यूठान– घर भत्किँदा प्यूठानमा एकै घरका तीन जनाको मृत्यु भएको छ । गयराति जिल्लाको नौ बहिनी गाउँपालिका–१, स्याउँ लिवाङ चौतारामा वोमबहादुर मल्लको घर भत्किएको थियो ।

मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ वर्षीय छोरा शिशीर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताए । तीन जना छोरीहरु अर्को कोठामा सुतिरहेको र एक छोरी मामाघर गएकाले उनीहरु भने बच्न सफल भएका छन् ।

मामाघर गएकी छोरी विहान घर आउँदा घटना भएको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर एक्कासी भत्किएको थियो । हिजो दिउँसो पानी परेकाले कम्जोर भएको गाह्रो भत्किँएर तीन जना माथि परेको प्रहरी निरिक्षक गैरेले बताए ।

Advertisement