पौडी खेल्ने क्रममा तिनाउमा भारतीय एक युवा बेपत्ता


पाल्पा—तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतीय एक युवा शनिबार बिहान बेपत्ता भएका छन् ।
तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइड क्षेत्रमा पौडी खेलिरहेका बेला माथिल्लो भागबाट अचानक पानीको बहाव बढेपछि उनलाइ खोलाले बगाएको बताइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार बिहान करिब साढे ९ बजे तीन जना भारतीय मूलका युवा तिनाउ खोलामा पौडी खेलिरहेका थिए । त्यही क्रममा माथिल्लो तटीय क्षेत्रमा पानीको मात्रा बढेसँगै खोलामा एक्कासी आएको बाढीले उनलाई बगाएको हो । उनको पहिचान खुल्न सकेको छैन ।
संगै पौडी खेलेका अज्यले बगेका युवा पौडी खेल्न नजान्ने गरेको बताएका छन् । घटनाबारे स्थानीयले दोभान प्रहरी चौकीलाई जानकारी गराएपछि प्रहरी र स्थानीय बासिन्दाद्वारा उनको खोजी सुरु गरेका छन् ।








प्रतिकृया दिनुहोस्