June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

नेपाल बाल कल्याण सँस्थाद्वारा बिद्यार्थीलाई न्यानो कपडा बितरण

Advertisement

नेपाल बाल कल्याण सँस्था सिद्धार्थनगर रुपन्देहीले सिद्धार्थनगर नपा–१ स्थित बेलहिया माध्यामिक बिद्यालयमा अध्ययनरत ३० जना बिपन्न बिद्यार्थीलाइ निःशुल्क ट्रयाकसुट उपलब्ध गराएको छ ।

Advertisement

उक्त बिद्यालयको विभिन्न कक्षामा अध्ययनरत फरक फरक उमेर समुहका विपिन्न बिद्यार्थीको पहिचान गरि सँस्थाको बार्षिक कार्यक्रम न्यायो कपडा बितरण कार्यक्रम अन्र्तगत मंगलवार ट्रयाकसुट उपलब्ध गराइएको संस्थाकी सचिव तथा न्यायो कपडा बितरण कार्यक्रमकी संयोजक सिता भट्राइले बताइन् ।

‘सिमावर्ती बेलहियामा कैयन् बिद्यार्थीका अभिभावक मजदुरी गरि जिविकोपार्जन गर्दै आफ्ना सन्ततिलाई पढाउने गरेका छन्’ कार्यक्रम संयोजक भट्राइले भनिन्, ‘तेस्ता विपन्न परिवारका विद्यार्थीको खोजी गरि विद्यालयको पोशाक अनुरुप ट्र¥याकसुट उपलब्ध गराइएको हो ।’

विद्यालयकी प्रधानाध्यापक बिना भण्डारीले बिद्यालयमा अध्ययन गर्ने अधिकांश बिद्यार्थी विपन्न बर्गका रहेको र बिद्यालयको आन्तरिक आम्दानीको श्रोत अति न्युन रहेकाले विभिन्न संघसँस्थाको सहयोगमा निःशुल्क पोशाक उपलब्ध गराइने गरिएको बताइन् । उनका अनुसार, विपन्न अवस्थाका बिद्यार्थीको पहिचान तथा खोजीका लागि बिद्यालयमा एउटा समिति बनाइएको थियो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपानेले बिपन्न बिद्यार्थीलाइ निःशुल्क ट्र¥याकसुट उपलब्ध गराउने नेपाल बाल कल्याण सँस्था सिद्धार्थनगरको कार्य सराहनिय रहेको बताए ।

भारतीय सुनौलीसँगको सिमा नाका बेलहियामा नेपालका धेरै जिल्लाका निम्न बर्गका मानिस जिविकोपार्जनका लागि ससाना व्यवसाय तथा श्रम गरेर बस्ने गर्छन् । मजदुरी, ठेला, सरसफाइ, कबाड संंकलन, चिया नास्ता पसल सञ्चालन, पल्लेदारी, रिक्सा सञ्चालन जस्ता व्यवसायमा उनिहरु आश्रित छन् । भारतीय नागरिक समेत जिविकोपार्जनका लागि बेलहियामा बसोवास गर्ने गरेका छन् ।

सिद्धार्थगर नपा–१ का वडा अध्यक्ष उज्वल पोखरेलले नेपाल बाल कल्याण जस्ता सहयोगी सँस्थाहरुको सहयोग बेलहिया माविलाई निरन्तर आवश्यक रहेको बताए । ‘निस्वार्थ भावले गरिएको यस्तो सहयोग आगामी दिनमा बाल कल्याण सँस्थाले निरन्तरता दिन आवश्यक छ’ पोखरेलले भने ।

नेपाल बाल कल्याण सँस्था सिद्धार्थनगर रुपन्देहीका अध्यक्ष बरिष्ठ अधिबक्ता धर्मबहादुर खँड्काले शिक्षा, स्वास्थ्य, न्यानो कपडा, खाना, बसोवास लगायत्का कारण असाधारण अवस्थामा रहेका बालवालिकालाई सँस्थाले सहयोग गर्दे आइरहेको जनाउँदै सँस्थाले यस खालको सहयोग कार्यक्रलाई निरन्तरता राख्ने प्रतिबद्धता जनाए । ‘यस खालको अभावले बालवालिका तथा बिद्यार्थीको पढाइमात्रै होइन, मनस्थितीलाई नै असर पार्ने गर्छ’ खँड्काले भने, ‘तेसैले बालवालिकाले पाउनु पर्ने न्युनतम आधारभसत सुविधाबाट बञ्चित बालवालिकाको खोजी गरि अधिकतम सेवा उपलब्ध गराउन सँस्था क्रियाशील रहदै आएको छ ।’