रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा विद्यार्थीलाई ज्याकेट र ट्रयाकसुट वितरण


तिलोत्तमा– रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले रुपन्देहीको तिलोत्तमास्थित मधवलिया माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई जाडोका कपडा वितरण गरेको छ । तिलोत्तमा–१५ मा रहेको उक्त विद्यालयका विद्यार्थीहरुलाई जाडो मौसमलाई ध्यानमा राख्दै विन्डसिटर ज्याकेट तथा ट्रयाकसुट वितरण गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई आवश्यक न्यानो लुगा वितरण गरिनुका साथै रोटरी क्लबको सेवालाई व्यवहारमा उतारिएको आयोजकले जनाएका छन् ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष विष्णु शर्माले क्लबले लामो समयदेखि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न गतिविधि गरिरहेको जनाए । सोही अनुसार यहाँका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको बताए । तिलोत्तमा–१५ का वडाध्यक्ष खेमराज गुरुङले यस्ता सहयोगी कार्यक्रमहरूले विद्यार्थीको मनोबल बढाउनुका साथै शिक्षामा निरन्तरता दिन प्रेरणा प्रदान गर्ने जनाए ।
कार्यक्रममा एजी रोटरी डिस्ट्रिक्ट ३२९२ का शिवप्रसाद गौडेल, विद्यालयका प्राचार्य शेरबहादुर कुँवर, सहप्राचार्य सुरजप्रसाद भट्टराई, अभिभावक संघ प्रतिनिधि विष्णु चुडाली तथा विद्यालय व्यवस्थापन समितिका सदस्य शेरबहादुर पुनलगायतले बोल्दै समाजिक उत्तरदायित्व अन्तर्गत रोकटरीले गरेको सहयोग सह्रानीय रहेको जनाए ।
अतिथिहरूले रोटरी क्लबले शिक्षा र विद्यार्थी कल्याणका क्षेत्रमा निरन्तर गर्दै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह गरे ।
क्लबले भविष्यमा पनि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा विभिन्न सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा रोटेरियन शान्ति शर्मा, गंगाधर भण्डारी, शिवशंकर जैसवाल, गोपाल आचार्य, राजेश अग्रहरी र राम आर्याल लगायत अन्य रोटेरियन सदस्यहरू, विद्यालयका शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रमको सञ्चालन उपेन्द्र यादवले गरेका थिए ।








प्रतिकृया दिनुहोस्