असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताका लागि छनोट जारी


तिलोत्तमा– शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनोट चरण अन्तर्गत वडानम्बर ८ को छनोट कार्यक्रम सम्पन्न भएको छ । नगरभित्र बसोबास गर्ने सत्र वटै वडाका मा.वि. तहका विद्यार्थीबीच “असल नेतृत्वमा आधारित” प्रतिस्पर्धा गराउने अभियान अन्तर्गत यो कार्यक्रम भएको जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले बताए ।
तालिम सहितको प्रतियोगिता उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडानम्बर ८ का कार्यबाहक वडाध्यक्ष कमलकान्त गौतमले आफ्ना वडाका समस्यार सम्भावनाबारे नयाँ पुस्ताको दृष्टिकोण बुझ्न पाउने कार्यक्रमका लागि आभार व्यक्त गरे ।
संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले पञ्चसूत्रीय योजना सँगै अन्य रचनात्मक क्रियाकलापमा संस्था गतिशील भएको बताए । उनले नेपालका ३ वटा देवभूमिक्षेत्र, ७ वटा गौ–चरण क्षेत्र, क्यान्सर अस्पताल, फोहरमुक्त नेपाल र पर्यटनका पञ्चसूत्रीय योजनामा शुभयात्रा नेपाल केन्द्रित भएको जानकारी दिए ।
कार्यक्रममा, संस्थाका जिल्ला अध्यक्ष एवम् विश्व वक्तृत्वकला प्रतियोगितामा सान्त्वना भएका जेसीजका अन्तर्राष्ट्रिय सहजकर्ता मुक्तिनाथ गैह्रेले सहभागीलाई प्रतियोगिता प्रशिक्षण समेत दिएका थिए । त्यसैगरी, प्रतियोगिताको प्रस्तुतिपश्चात सबै सहभागीलाई पृष्ठपोषण समेत दिइएको निर्णायक मण्डलका सदस्य केशव न्यौपानेले जानकारी दिए ।
प्रारम्भिक प्रशिक्षण एवम् छनौट प्रतियोगितामा पहिलो हुँदै शान्ति नमूना मा.वि.का अनुश्री शर्मा नगरस्तरीय अन्तिम प्रतियोगितामा प्रवेश गरेकी छन् । प्रतियोगितामा दोस्रो हुने मणिमुकुन्द मा.वि.का कृष्ण खरेल र तेस्रो हुने नवज्योति इङ्लिस बोर्डिङ् स्कृलका सुजल खरेल पुरस्कृत भएको निर्णायक मण्डलका सदस्य दुर्गादेवी लामिछानेले जानकारी दिइन् ।
फागुन ७ गते हुने अन्तिम प्रतियोगिताको छनोट चरण अन्तर्गत वडानम्बर ९ को कार्यक्रमपुस १० गते वडा कार्यालय केवलानीमा सञ्चालन गरिने करहिया समितिका संयोजक दुर्गाप्रसाद पाण्डेले जानकारी दिए ।








प्रतिकृया दिनुहोस्