राममणिमा हाजिरी जवाफ


मणिग्राम– रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसको स्नातक तहमा अध्ययनरत विद्यार्थीका लागि आयोजित प्रतियोगितामा बीए चौथो वर्षको समूह पहिलो हुँदै चार हजार रूपैयाँ नगदसहितको पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै दोस्रो हुने बीबीएस तेस्रो वर्ष समूहले तीन हजार रूपैयाँ नगदसहित पुरस्कार प्राप्त गरेको छ भने तेस्रो हुने बीबीएस दोस्रो वर्ष समूहले दुईहजार नगदसहित पुरस्कार प्राप्त गरेको प्रतियोगिता सञ्चालक खिमानन्द ज्ञवालीले जानकारी दिए ।
क्याम्पसको अतिरिक्त क्रियाकलाप संयोजक जीवनकुमार पौडेलको अध्यक्षता एवम् कार्यबाहक क्याम्पस प्रमुख खुमकान्त पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा स्नातक तह अन्तर्गत बीए, बीएड र बीबीएसका विद्यार्थीका आठवटा समूहलाई जनरल, बजर, इष्टिमेशन र फ्रि–फायर राउण्ड गरी चार चरणमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।








प्रतिकृया दिनुहोस्