June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

रनिङ्ग शिल्ड र शिक्षा सुधारका लागि कोटहीमाईमा विद्यालय निरीक्षण

Advertisement

भैरहवा– रुपन्देहीको कोटहीमाई गाउँपलिले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको पूर्वतयारी थालेको छ । गाउँपालिकाका प्रमुख प्रशसाकीय अधिकृत अजय मिश्रले प्रतियोगिता सुरु हुनुपूर्व नै विद्यार्थीहरुबीच खेलाडीहरुको छनौट, विभिन्न खेलबारे प्रशिक्षण र विषयवस्तुको जानकारी दिने काम भएको जनाए । यसका लागि विद्यालयहरुको भ्रमण र अवलोकन गरिएको उनले बताए ।

Advertisement

‘प्रतियोगितामा हुने विभिन्न खेलहरुको तयारीको लागि विद्यालयमा जानकारीसहित आवश्यक खेलकुद सामाग्री समेत वितरण गरिएको छ’, उनले भने । उनले विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न लागि परेको समेत बताए । ‘हामीले विद्यालय निरीक्षणको क्रममा शैक्षिक गुणस्तर सुधार्न विद्यालयहरुको अवस्थाबारे समेत अध्ययन गरेका छौं, उनले भने, ‘कोटहीमाई गाउँपालिका सभ्य, शिक्षित र सुन्दर पालिका बनाउन पालिकाबासीहरुले देखेको सपना पुरा गर्न सबैको हातेमालो अनिवार्य छ ।

समाजसेवी तथा अभिभावहरुलाई समेत नियमित विद्यालयको अनुगमन गरी सुधार गर्न र आवश्यक सुझावसल्लाह दिन प्रमुख प्रशासकीय अधिकृत मिश्रले आग्रह गरे । तर, अभिभावक, जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा समाजसेवीहरु समेत लाग्न जरुरी रहेको उनले जनाए ।

विद्यालय आउने विद्यार्थीहरुको पोशाक, शैक्षिक सामग्रीसहित व्यवस्थित रुपले पठाउन अभिभावकहरुलाई प्रशासकीय अधिकृत मिश्रले आग्रह गरे । ‘किताबको पाना मात्र सिध्याउनुभन्दा विद्यार्थीहरुलाई राम्ररी बुझाउने र योग्य बनाउन तर्फ लाग्नु पर्याे । जति पाठ पढाइएको हुन्छ, हामीले त्यति नै परीक्षा लिउँ । तर, बुझाएर मात्र पठानपाठन गरौं’, उनले भने ।