कोलीय सहकारीका जेष्ठ सदस्यहरूको घरमै स्वास्थ्य परीक्षण


देबदह– कोलीय देवदह बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ सदस्यहरुको स्वाथ्य परीक्षण गरेको छ । ८० बर्ष भन्दा माथिका संस्थाका ६८ जना जेष्ठ सदस्यको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको व्यवस्थापक विनोद पराजुलीले बताए ।
संस्थाको २१ औं स्थापना दिवसको अवसरमा जेष्ठ सदस्यहरुको स्वास्थ्य परीक्षण गरिएको हो । जाडोयाम शुरु भएसँगै जेष्ठ सदस्यहरुको स्वास्थ्यमा समस्या आउने हुँदा स्वास्थ्य परामर्श दिने उद्देश्यका साथ अभियान संचालन गरिएको उनले जनाए । खैरेनी सेवा केन्द्रका २६ जना, शितलनगर सेवा केन्द्रका १९ जना, ढेकावर सेवा केन्द्रका ६ जना, घोडाहा सेवा केन्द्रका ३ जना, शंकरपुर सेवा केन्द्रका २ जना, तारापुञ्ज सेवा केन्द्र भलुहीका ९ जना, देउराली सेवा केन्द्र तिलोत्तमाका १ जना र युवा संगम सेवा केन्द्र सियारीका २ जना गरी ६८ जना जेष्ठ सदस्यहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
जेष्ठ सदस्यहरुलाई चेकजाँचसँगै स्वास्थ्य परार्मश दिएको व्यवस्थापक पराजुलीले बताए । जेष्ठ सदस्यहरुको सुगर, प्रेसर परीक्षणसँगै स्वास्थ्य परार्मश दिएको उनको भनाई छ । जेष्ठ सदस्यहरुको स्वास्थ्य परीक्षण अभियानमा देवदह नगरपालिकाको स्वास्थ्य शाखा र देवदह मेडिकल कलेज भलुहीले प्राविधिक सहयोग गरेको सहव्यवस्थापक बृद्धिसागर अर्यालले जानकारी दिए । देवदह नगरपालिका स्वास्थ्य शाखाका रेशमबहादुर सुना, उत्तम वस्याल तथा देवदह मेडिकल कलेजका अमृत पाण्डेको टोलीले जेष्ठ सदस्यहरुको स्वास्थ्य परीक्षण गरेको थियो ।








प्रतिकृया दिनुहोस्