भण्डारीको प्रश्न– धाक, धम्की, क्रूरता र असभ्यता के मानवीय चरित्र हुन् ?



भैरहवा– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा.चन्द्रकान्त भण्डारी (चन्द्र)ले रास्वपा सांसद खगेन्द्र सुनारलाई लक्षित गर्दै मानिस हुनु र मानवीय हुनु फरक कुरा भएको बताएका छन् ।
‘कति होलान् नेपालमा जनतालाई झुक्काउने, मानिसका रूपमा रहेका कठोर निर्दयी धुर्वे हात्तीहरू, मानिस हुनु र मानवीय हुनु फरक कुरा हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
मानिसको वास्तविक पहिचान बाहिरी रूपले होइन, भित्री मानवीयता, विचार, व्यवहार र संस्कारले हुने उनले जनाएका छन् । उनी थप लेख्छन्, ‘धाक, धम्की, क्रूरता र असभ्यता के मानवीय चरित्र हुन् ? आदर्शको आवरणभित्र लुकेका अपराधहरू ।’








प्रतिकृया दिनुहोस्