October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

पूर्वराष्ट्रपती भण्डारी रूपन्देहीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत

Advertisement

बुटवल– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा स्वागत गरेका छन् । मदन भण्डारी फाउन्डेसनको आयोजनामा बुटवलमा सुरु भएको दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ उद्घाटनका लागि बुटवल आएकी भण्डारीलाई मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन् ।

Advertisement

एमालेले भण्डारीलाई पार्टीको वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि उनी पहिलोपटक रुपन्देही आएकी हुन् । यस अवसरमा एमाले रुपन्देही जिल्ला कमिटीले भण्डारीको स्वागत तथा सम्मान कार्यक्रमसमेत आयोजना गरेको थियो ।

कार्यक्रममा एमालेका जिल्ला तथा प्रदेशस्तरका नेता, जनप्रतिनिधि तथा कार्यकर्ताको सहभागिता थियो । भण्डारीलाई स्वागत गर्दै नेताहरूले पार्टीको वरिष्ठ नेताका रूपमा उनको भूमिकाको स्वागत गरेका थिए ।

भण्डारीले बुटवलमा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा नेपालका विभिन्न टोलीसँगै विदेशी टोलीको समेत सहभागिता छ ।