October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

सरकार ! मलाई काम गरिदिएन भन्ने ‘सराप’बाट बचाउनु पर्‍योः आचार्य

Advertisement

भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री तथा दाङ–२ का प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्यले आफूकहाँ सुरुवाबढुवाका लागि आउनेक्रम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले पार्टीको वाचापत्रअनुसार स्वायत्त सरुवा बोर्ड गठन गर्न माग गरेका छन् ।

Advertisement

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले काम नगरे सराप नपाइने पो हो की भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘राजनीतिमा आएपछि मैले भोग्ने एउटा ठूलो प्रेसर भनेको ‘सरुवा‘बढुवा’को हो। अरु बेला सुशासन र पारदर्शिताका कुरा गर्ने साथीभाइ र इष्टमित्रहरू नै नातावाद र कृपावाद खोज्दै म कहाँ सरुवा बढुवाका लागि आइपुग्नुहुन्छ। कतिले त यति जाबो सरुवा गराउन नसक्ने भए त नाथे के नेता ? भनेर घुर्की पनी लगाउनुहुन्छ।’

आफूले सबैलाई सरुवा बढुवा विधिमै थितिमै भइराखेको छ, अब भनसुन चल्दैन भनेर भन्ने गरेको सुनाए । ‘अझ हाम्रो वाचापत्रको आठ नम्बरको बाचा देखाउँदै सरकारले चाँडै नै स्वायत्त सरुवा बोर्ड मार्फत पूर्वानुमानयोग्य, विधिमा आधारित सरुवा प्रणाली लागू गर्दैछ भनेर पनि भन्छु’, उनले भने ।

सरकारलाई यो बोर्ड चाँडै गठन गर्न उनले आग्रह गरे। ‘होइन भने यो पटकको दशैंमा आफ्नै इष्टमित्रबाट टिका र आशीर्वाद नपाइएला भन्ने पिर छ।आशीर्वादको साटो उल्टै ‘यसले हाम्रो कामै गरिदिएन’ भनेर सराप पो पाइने हो कि, त्यसैले मलाई यो सराप बाट बचाउनु पर्यो सरकार।’