वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध



पाल्पा– लुम्बिनी प्रदेशका पहाडी जिल्लामा बुधाबार साँझदेखि मध्यम र भारी वर्षा भइरहेको छ । अविरल वर्षाका कारण पहाडी जिल्लाका सडक अवरुद्ध हुनेक्रम सुरु भएको छ ।
बुधबार रातिदेखि भइरहेको वर्षाले पाल्पा लगायत पहाडी जिल्लामा बाढीपहिरोको जोखिम बढेको छ । वर्षाका कारण पाल्पाका केही स्थानमा विद्युत् अवरुद्ध बनेको छ । तिनाउसहितका नदीमा बहाव बढेको छ । ग्रामीण भेगका सडकमा पहिरो गएर सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एकतर्फी मात्र सडक सञ्चालन भएको छ । प्रहरीले यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ । थप भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय पाल्पाले विज्ञप्तिमार्फत जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पाल्पाको बल्ढेङगढी लगायत विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ ।








प्रतिकृया दिनुहोस्