October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

बर्का अट्वारी पर्वले मौलिक संस्कृतिलाई बलियो बनाएको छः मुख्यमन्त्री आचार्य

Advertisement

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्का अट्वारी पर्वले थारू समुदायको मौलिक पहिचान, सामाजिक एकता र पुस्तौंदेखिको परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।

Advertisement

बर्का अट्वारी पर्वको अवसरमा आतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले थारू समुदायको मौलिक संस्कृति, परम्परा, आस्था र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको बर्का अट्वारी महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गरेका हुन् ।

अट्वारी पर्व महाभारतका पात्र भीमको वीरता, साहस, न्याय र थारू समुदायको संरक्षणसँग जोडिएको लोकविश्वासमा आधारित रहेको उनले बताएका छन् । पर्वको महत्वपूर्ण पक्षका रूपमा रहेको ‘अग्रासन’ले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने उनको भनाइ छ ।

आफूले ग्रहण गर्ने खानाको एक भाग दिदीबहिनीका लागि छुट्ट्याएर कोसेलीका रूपमा पु¥याउने अग्रासनको परम्पराले आपसी सद्भाव, सहयोग र भाइचारालाई बलियो बनाउने मुख्यमन्त्री आचार्यले जनाएका छन् । उनले अग्रासनको परम्परालाई सांस्कृतिक सम्पदाको सुन्दर उदाहरणका रूपमा उल्लेख गरेका छन् ।

बदलिँदो सामाजिक परिवेशमा मौलिक पर्व र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्नु सबैको साझा दायित्व रहेको मुख्यमन्त्री आचार्यले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । लुम्बिनी प्रदेश सरकार प्रदेशको बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्दै सबै जातजाति, भाषा, धर्म र समुदायका मौलिक संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनका लागि प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन् ।

बर्का अट्वारी पर्वले थारू समुदायमा मात्र नभई समग्र समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता, भाइचारा र एकताको भावना थप सुदृढ बनाउने विश्वास मुख्यमन्त्री आचार्यको छ ।